नेपाल हङकङसँग २ रनले पराजित

युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज अन्तर्गत नेपाल हङकङ चाइनासँग २ रनले पराजित भएको छ। हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रन मात्र बनाउन सक्यो।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३२ रन बनाएकी थिइन् भने पूजा महतोले १९, बिन्दु रावलले १४ र साना प्रविनले १० रनको योगदान दिइन्। बलिङतर्फ इन्दु बर्मा र इश्वरी विष्टले समान २-२ विकेट लिए भने पुञ्ज महतो र रचना चौधरीले एक-एक विकेट झारे।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै १०० रन बनाएको थियो। हङकङका लागि कप्तान नताशा माइल्सले सर्वाधिक ३५ रन तथा मारिको हिलले २१ रन बनाइन्।

यस सिरिजमा नेपालले खेलेका ३ खेलमध्ये एक जित र २ हार बेहोरेको छ। हङकङले ३ खेलमा २ जित र एक हार दर्ता गरेको छ। नेपालले आगामी खेलहरू मार्च १२ मा नामिबियाविरुद्ध, मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्नेछ। मार्च १६ मा अंक तालिकाका शीर्ष दुई तथा तेस्रो र चौथो स्थानमा रहेका टिमबीच फाइनल खेल हुनेछ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *