Breaking news

रविको पक्षमा सागर ढकालले गरे डडेल्धुरामै पुगेर हस्ताक्षर

डडेल्धुराबाट एकपटक मात्र निर्वाचित भएर राजनीतिलाई बिदा गर्ने अठोटसहित अघि बढेका सामाजिक अभियन्ता सागर ढकाल फेरि जनचासोको केन्द्रमा आएका छन्। उनी हाल डडेल्धुरामै रहेर स्थानीय जनतासँग समय बिताइरहेका छन्। ढकालले आफू चुनावमा गरेका वाचा अनुसार जनतालाई नछाड्ने स्पष्ट गर्दै, यसपटक रास्वपा सभापति रवि लामिछानेमाथि परेको अन्यायविरुद्धको आन्दोलनमा सक्रिय सहभागिता जनाइरहेका छन्।

डडेल्धुरामा आयोजित हस्ताक्षर अभियानमा ढकाल स्वयं उपस्थित भई समर्थन जनाएपछि स्थानीयस्तरमा नयाँ उर्जा थपिएको छ। उनले “जनताको आवाजलाई दबाउन खोज्ने प्रयास अस्वीकार्य छ” भन्दै लामिछानेप्रति ऐक्यबद्धता प्रकट गरेका छन्।

सामाजिक अभियन्ता तथा युवावादी चिनिएका ढकालले आफू केवल राजनीतिमै सीमित नभई न्याय र पारदर्शिताको पक्षमा उभिन तयार रहेको संदेश दिएका छन्। यस घटनाले डडेल्धुरामा मात्रै होइन, राष्ट्रिय राजनीतिमा पनि चासो पैदा गरेको छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?