Breaking news

नारायणगढ मुग्लिन सडकखण्डको पुलबाट फलामे रेलिङ चोरी

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत रहेको नाम्सी पुलमा दुर्घटना न्यूनीकरणको लागि जडान गरिएको फलामे रेलिङ चोरी भएको छ। भरतपुर सडक डिभिजन कार्यालयका अनुसार भदौ १५ गते आइतबार राति अज्ञात व्यक्तिहरूले पुलमा जडान
गरिएको फलामको बार चोरी गरेका हुन्।

सोमबार बिहान इन्जिनियरको टोलीले साइट निरीक्षण गर्दैगर्दा रेलिङ हराएको पत्ता लागेको हो। सडक डिभिजनले चोरीको घटनाबारे जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय, चितवनलाई पत्राचारमार्फत जानकारी गराइसकेको जनाएको छ।

संभावित दुर्घटनाबाट जोगिन र रातको समयमा देखिने गरी पुलमा वेल्डिङ गरेर फलामका पाइपहरू जडान गरिएको भए पनि ती चोरी भएपछि तत्काल प्रतिस्थापनको आवश्यकताबारे छलफल भइरहेको सडक डिभिजनले जनाएको छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?