Breaking news

युवाको नेतृत्व अभ्यासमा रिजन जि.सी.को नेतृत्व

बागमती प्रदेश युवा परिषद्को आयोजनामा हेटौंडामा सम्पन्न भएको बागमती प्रदेश स्तरीय नमूना युवा संसद अभ्यास कार्यक्रममा मकवानपुरका रिजन जि.सी. नमूना युवा मुख्यमन्त्री बनेका छन्। २०८१ साल वैशाख ११ गतेदेखि १४ गतेसम्म चार दिनसम्म चलेको उक्त कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाबाट ३२ जना भन्दा बढी युवाको सहभागिता रहेको थियो।

युवाको नेतृत्व विकास, क्षमता अभिवृद्धि, राज्यसँगको सम्बन्ध सुदृढीकरण तथा राजनीतिक अभ्यासमा युवाको सक्रियता अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा संसद सञ्चालन अभ्यास हुँदै नीति, कार्यक्रम, बजेट लगायत विधेयक निर्माणका प्रक्रियाको व्यावहारिक प्रशिक्षण दिइएको थियो।

कार्यक्रमको दोस्रो दिन गरिएको निर्वाचनमा विभिन्न मन्त्रालयको जिम्मेवारी युवा प्रतिनिधिहरूले पाएका थिए। मकवानपुरका रिजन जि.सी. मुख्यमन्त्री चयन हुँदा, काभ्रेका विषया पौडेल सभामुख, नुवाकोटका महेन्द्र तामाङ उपसभामुख, चितवनकी पुनम गौतम प्रदेश प्रमुख बने।

त्यसैगरी सिन्धुलीका शेषकान्त दाहाल आर्थिक मामिला तथा योजना मन्त्री, नुवाकोटका सुमन शाक्य कृषि तथा पशुपन्छी विकास, खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री, काठमाडौंकी अस्मि डंगोल आन्तरिक मामिला तथा कानून मन्त्री, रामेछापका सनिश नेपाली भौतिक पूर्वाधार विकास मन्त्री, दोलखाकी आशा कोइराला युवा, खेलकुद, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री र दोलखाकी सम्पूर्ण खत्री श्रम, रोजगार तथा यातायात मन्त्री नियुक्त भए।

परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले ४३.५६ प्रतिशत युवाको अनुपात रहेको मुलुकमा अबको नेतृत्व युवाले लिनैपर्ने बताउँदै यस्तो अभ्यासले युवा राजनीतिमा सशक्त भूमिका खेल्न सक्षम हुने विश्वास व्यक्त गरे। परिषद्का कर्मचारी सुनिल प्रसाद दुलालले निर्वाचन प्रक्रिया र नियुक्तिबारे जानकारी दिएका थिए।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *