Breaking news

गगन थापाको शीर्ष नेतालाई सुझाव, ओली, देउवा र दाहालले विश्राम लिए देशको हित हुने भनाई

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले  शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सबैभन्दा बढी माया गर्ने मान्छेमध्ये आफू एक रहेको बताएका छन्। उनले यी तीन शीर्ष नेताहरूको स्वास्थ्य र हितका लागि उनीहरूले विश्राम लिनु राम्रो हुने धारणा राखे। ‘नागरिक फ्रन्टलाइन’ को एक शृङ्खलामा कुरा गर्दै थापाले भने, “उहाँहरूले विश्राम लिएमा त्यो उहाँहरूको पनि हितमा छ र उहाँहरूको स्वास्थ्य पनि राम्रो हुन्छ।” उनले यी नेताहरूका कारण २००७ साल र २०४७ सालका आन्दोलनसमेत बदनाम हुने अवस्था आएको बताए। थापाले २५÷३० वर्षदेखि दुई जना व्यक्ति आलोपालो प्रधानमन्त्री हुने अवस्थालाई देशको दुर्भाग्य भन्दै ठूलो संख्याका नागरिक कांग्रेस, एमाले र माओवादीसँग रिसाएको उल्लेख गरे। “पुराना सबै खराब, सबै खत्तम, यिनले केही गरेनन् भन्ने नागरिक यी तीन नेताबाट वाक्क दिक्क भएका छन्,”

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *