Breaking news

अढाई दशकपछि नक्सालको ढुंगे धारामा फर्कियो पानी, परम्परागत हिटी पुनः सञ्चालित

काठमाडौँ नक्सालस्थित ढुंगे धारा (हिटी)मा झन्डै २५ वर्षपछि पुनः पानी बग्न थालेको छ। २०५५ सालदेखि सुकेको हिटीमा हाल दुईवटा स्रोतबाट निरन्तर पानी प्रवाह भइरहेको छ।

काठमाडौँ महानगरपालिकाको सम्पदा विभागको पहलमा आठ महिनासम्म सञ्चालन गरिएको पुनर्निर्माण र मर्मत कार्यपछि यो परम्परागत प्रणाली पुनः सञ्चालनमा आएको हो। हिटीको निकास नारायणहिटी संग्रहालयभित्र बग्ने टुकुचा खोलासम्म जोडिएको संरचनामा रहेको छ।

पुरातत्त्व विभागको २०४२ सालको अभिलेखमै पनि बेलाबेला हिटीमा पानी रोकिने समस्या उल्लेख गरिएको थियो। त्यसपछि लामो समयसम्म पानी नआउँदा हिटी प्रयोगविहीन बनेको थियो।

स्थानीयवासी र सम्पदाप्रेमीहरूका लागि यो पुनःप्रवाह ऐतिहासिक उपलब्धि भएको छ। काठमाडौं उपत्यकाको परम्परागत पानी वितरण प्रणाली पुनः जगेर्ना गर्न गरिएको यस प्रयासलाई धेरैले स्वागत गरेका छन्।

महानगरले आगामी दिनमा अन्य हिटीहरू पनि सक्रिय बनाउने योजनामा रहेको जनाएको छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?