भारतविरुद्धको टेस्टको दोस्रो दिनको खेलमा इङल्याण्डले पहिलो इनिङमा ३ विकेट गुमाउँदै २०९ रन बनाएको छ। टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङमा ४७१ रन बनाएको थियो। इङ्ल्यान्डका लागि ओली पोप शतक बनाउँदै १०० रनमा अविजित छन्। बेन डकेटले ६२ रन बनाए भने अनुभवी ब्याट्सम्यान जो रुट २८ रनमै आउट भए। भारतका लागि तीनै विकेट जसप्रित बुमराहले लिएका थिए। बलिङमा बुमराह प्रभावशाली देखिए पनि अन्य बलरले विकेट लिन नसक्दा इङ्ल्यान्डले बलियो सुरुवात गर्न सफल भयो। अब तेस्रो दिनको खेलले खेलको दिशा परिवर्तन गर्ने अपेक्षा गरिएको छ।