राष्ट्रिय क्रिकेट टोलीका बलर ललित राजवंशीले आमा गुमाएको शोककै बीच सरकारको तर्फबाट पाउने घर अस्वीकार गर्ने निर्णय गरेका छन्। विपन्न वर्गका लागि सरकारले उपलब्ध गराउने घर आफ्नो नाममा पनि आउन सक्ने जानकारी पाएपछि उनले सो प्रस्ताव नलिने बताएका हुन्।
राजवंशीले भने, “सरकारले विपन्न वर्गबाट मलाई घर बनाइदिने भन्ने कुरा आयो। तर मलाई लाग्छ जसलाई त्यो जरुरी छ, उसैले पाउनु पर्छ। अहिले म आफ्नो परिवारलाई राख्ने घर आफैं बनाउन सक्ने अवस्थामा छु।”
उनले सरकारी सुविधा भन्दा पनि वास्तविक आवश्यकतामा रहेका नागरिकले प्राथमिकता पाउनुपर्ने धारणा राख्दै घर अस्वीकार गर्ने निर्णय गरेको बताए। उनको यस्तो कदमलाई धेरैले सकारात्मक सन्देशका रूपमा लिएका छन्। क्रिकेट मैदानमा योगदान दिइरहेका राजवंशी सामाजिक उत्तरदायित्वमा पनि उदाहरणीय बनेका छन्।