हेटौंडा। प्रेस चौतारी नेपाल मकवानपुरको अध्यक्षमा सरिता दाहाल चयन भएकी छन्। मकवानपुरमा सम्पन्न ९ औं जिल्ला अधिवेशनले दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा शिव चौलागाईँ (पुरुष तर्फ) र प्रतिक्षा न्यौपाने (महिला तर्फ) चयन भएका छन्। सचिवमा नविन तिमल्सिना (रेवती), सह–सचिवमा सुमन दाहाल, समावेशी सह–सचिवमा मनिल महत्तो र कोषाध्यक्षमा अशोक बजागाईँ चयन भएका छन्। यसैगरी, कार्य समिति सदस्यहरूमा सानुमाया गुरुङ (निशा), सरोज पौडेल, संजिव सुनुवार, रामकुमार दानी, सुरेश गुरुङ र स्मीता अर्याल चयन भएका छन्।
संस्थाको ९ औं महाधिवेशनको उद्घाटन नेकपा एमालेका सचिव योगेश भट्टराईले गरेका थिए। नयाँ कार्यसमितिको चयनसँगै प्रेस चौतारी नेपाल मकवानपुरले पत्रकारिता क्षेत्रमा अझ प्रभावकारी र समृद्धि ल्याउने उद्देश्यले काम गर्न प्रतिबद्धता जनाएको छ।