Breaking news

हेटौँडामा ग्लोबल मनी विक अवसरमा बैंक कर्मचारीद्वारा प्रभातफेरी

ग्लोबल मनी विकको अवसरमा हेटौँडामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले संयुक्तरूपमा प्रभातफेरीको आयोजना गरेका छन्। वित्तीय साक्षरता अभिवृद्धि गर्दै युवाहरूलाई आर्थिक रूपमा सक्षम बनाउन सन् २०१२ देखि ग्लोबल मनी विक मनाउन थालिएको हो। यस वर्ष मार्च १७ देखि २३ सम्म एक सातासम्म यो कार्यक्रम मनाइँदै छ।

हेटौँडामा पहिलो पटक आयोजना गरिएको यो कार्यक्रम बैंकर एसोसिएसन मकवानपुरको समन्वयमा सम्पन्न भयो। कृषि विकास बैंक हेटौँडा शाखाका प्रबन्धक तीर्थराज पौडेलका अनुसार वित्तीय साक्षरता बढाउने उद्देश्यले प्रभातफेरी गरिएको हो।

प्रभातफेरीमा बैंक तथा वित्तीय संस्थाका प्रबन्धक तथा कर्मचारी सहभागी थिए। सहभागीहरूले आ–आफ्ना व्यानर र वित्तीय साक्षरताका सन्देशसहितको प्लेकार्ड बोकेका थिए। प्रभातफेरी हुप्रचौरबाट सुरु भई विभिन्न मार्ग हुँदै पुनः हुप्रचौरमा पुगेर सम्पन्न भएको थियो।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *