Breaking news

“उत्तरदायी शासन र सहज सेवा नै समृद्धिको आधार हो : हेटौंडाकी नगरप्रमुख मीनाकुमारी लामा

हेटौंडा उपमहानगरपालिकाले राज्यका संरचनाहरू नागरिकप्रति उत्तरदायी नहुने हो भने ती संरचना धराशायी हुने स्पष्ट चेतावनी दिनुभएको छ। हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको १२औं वार्षिकोत्सवमा सम्बोधन गर्दै नगरप्रमुख लामाले नागरिकका हक र अधिकारप्रति राज्य संयन्त्रहरू गम्भीर र जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले जनअपेक्षा अनुरूप विकास निर्माण र सेवा प्रवाह गर्न राजनैतिक नेतृत्व र कर्मचारी प्रशासन एकजुट भएर लाग्नुपर्ने बताउनुभयो। सुशासन, पारदर्शिता र समन्वयका माध्यमबाट मात्र नागरिकसँगको सम्बन्ध बलियो हुने उहाँको धारणा थियो।

खानेपानीको सन्दर्भमा हेटौंडा उपमहानगरपालिका निरन्तर क्रियाशील रहेको भन्दै, न्यूनतम महसुलमा विपन्न वर्गसम्म पानी पुर्‍याउने काम भइरहेको जानकारी उहाँले दिनुभयो। खानेपानीको स्रोत पहिचानदेखि संरचना निर्माणसम्मका कामहरू संघ, प्रदेश र बोर्डबीच समन्वय गर्दै अगाडि बढाइरहेको पनि नगरप्रमुख लामाले उल्लेख गर्नुभयो।

कार्यक्रममा बोर्ड अध्यक्ष प्रताप विष्टले मुहान सुक्दै गएको अवस्थालाई दृष्टिगत गर्दै रिचार्ज पोखरी निर्माण योजनाहरू अघि बढाइएको जानकारी दिनुभयो। खानेपानी सेवा विस्तारका लागि बोर्ड योजनाबद्ध रुपमा काम गरिरहेको छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?