स्ववियु निर्वाचनमा असहमति: नेविसंघको विरोध, सचिवालयमा ताला

हेटौंडा – नेपाल विद्यार्थी संघ (नेविसंघ) मकवानपुर बहुमुखी क्याम्पस इकाई समितिले स्ववियु निर्वाचन प्रक्रियामा असहमति जनाउँदै बिहीबार निर्वाचन समितिको सचिवालयमा ताला लगाएको छ। संघले बुद्ध बराम नेतृत्वको संगठनलाई आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा सहभागी गराउन माग गर्दै आन्दोलन गरेको हो।

संघले क्याम्पस प्रशासनलाई विज्ञप्ति बुझाउँदै निष्पक्ष निर्वाचन सुनिश्चित गर्न आग्रह गरेको छ। सभापति बरामका अनुसार, १९ फागुनमा विधिवत रूपमा संगठन दर्ता गराउँदा पनि निर्वाचन समितिले सूचीबाट नाम हटाएको आरोप लगाएका छन्। उनले यो कदमलाई योजनाबद्ध षड्यन्त्रको रूपमा व्याख्या गर्दै निष्पक्ष वातावरण बनाउन माग गरेका छन्।

बुधबार सार्वजनिक सूचीमा अन्य ६ विद्यार्थी संगठन समावेश भए पनि बराम नेतृत्वको समूहलाई बाहिर राखिएको छ। यसबारे आपत्ति जनाउँदै उनले निष्पक्ष वातावरण नबनाए आन्दोलन चर्काउने चेतावनी दिएका छन्। यदि माग वेवास्ता गरी निर्वाचन प्रक्रिया अघि बढाइएमा हुन सक्ने घटनाको जिम्मेवारी निर्वाचन समिति र क्याम्पस प्रशासनले लिनुपर्ने उनको भनाइ छ।

 

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?