हेटौंडामा प्रहरीले हेटौंडा अस्पतालको बोर्ड केरमेट गरेको आरोपमा ६ जना युवालाई पक्राउ गरेपछि त्यसको विरोधमा प्रदर्शन सुरु भएको छ। प्रदर्शनकारीहरूले पक्राउ परेका युवाको रिहाइको माग गर्दै नाराबाजी गरिरहेका छन्। उनीहरूले "एमालेको सिडिओ फिर्ता गर" भन्दै जिल्ला प्रशासन कार्यालय घेर्न खोज्दा प्रहरीले रोक्ने प्रयास गरेको छ। स्थिति तनावपूर्ण बनेको छ। प्रदर्शनमा स्थानीय युवाहरूको सहभागीता देखिएको छ भने प्रशासनले शान्ति सुरक्षा कायम राख्न ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ। घटनाले राजनीतिक र प्रशासनिक तानावको संकेत दिएको छ। अहिले पनि प्रदर्शन जारी रहेको र थप कार्यक्रम घोषणा हुने सम्भावना रहेको जनाइएको छ।