रेडियोसँगको ‘प्रेम

रूपा बुढाथोकी:

आज १३ फ्रेब्रुअरी, 'विश्व रेडियो दिवस'। रेडियोको बिस्वस्नियता र सरलतालाई शान्तिसँग जोड्दै यस वर्ष सन् २०२५ को विश्व रेडियो दिवसले "Radio and Climate Change" भन्ने नारा अँगालेको छ । रेडियो एउटा यन्त्र वा साधन मात्रै नभएर आम मानिसको बिश्वास पनि हो । बढ्दो प्रविधिको बिकाससङ्गै सञ्चारका थुप्रै साधनहरु थपिए तर रेडियोप्रतिको स्नेह र लगाव अझै उस्तै रहेको पाइन्छ । प्राकृतिक विपद्का बेला, भूकम्प, बाढी, पहिरोजस्ता विपद्को समयमा रेडियो सबैभन्दा भरपर्दो माध्यम हो । गाउँ–गाउँमा कृषि, स्वास्थ्य, शिक्षा,राजनीतिक र सामाजिक सन्देश पुर्याउन रेडियो प्रभावकारी माध्यम बन्ने गरेको छ । विगतमा एउटा यस्तो समय थियो प्रायः सबैको घरमा रेडियो बजाइन्थ्यो । मैले थाहा पाए अनुसार हाम्रो घरमा पनि टाइगर ब्याट्री राखेर बजाउन मिल्ने रेडियो थियोे। बिहानीको सुरुवात नै यो रेडियो नेपालबाट हो शुरु हुन्थ्यो । बिहान उठेदेखि राती ननिदाएसम्म एकतमासले बजिरहन्थ्यो रेडियो । भित्तामा झुन्डिएको रेडियोभित्रबाट मान्छेहरु बोलिरहन्थे । मलाई लाग्थ्यो यति सानो रेडियोमा यति धेरै मान्छेहरु कसरी अटेर बोलेका होलान् ? कसरी पुगिन्छ होला रेडियोभित्र । म पनि पुग्न पाए..! आफैँसँगको अनुत्तरित प्रश्नै, प्रश्नले रेडियोभित्र पुग्ने र सबैमाझ आफ्नो आवाज पुर्याउने रहर जाग्यो । साच्चै खुला आँखाले देखेको सपना सार्थक पार्न मेहनत गर्ने हो भने पूरा हुन बेर लाग्दैन रहेछ । समयक्रमसँगै एउटा तेस्तो दिन पनि आयो जुन दिन वर्षौंदेखिको रहर पूरा हुँदै थियोे । मनमा थोरै डर अनि धेरै उत्साह बोकेर आफैँले उत्पादन गरेको मेरो पहिलो लाइभ प्रोग्राम 'मेरो मनको मान्छे' रेडियोबाट प्रशारण गरेको दिन साच्चै खुशीका आँसु झरेका थिए। त्यो समय प्रोग्रामको पर्खाइमा रहनु हुने स्रोता, उहाँहरुको हौसला र माया सम्झिदा अझैपनि बेग्लै अनुभुति हुन्छ। बिस्तारै रहर, सपना अनि त्यहीँ सपनालाई पेशा बनाउदै यत्रा तय गर्न हिम्मत दिने मेरो पहिलो खुट्किलो 'रेडियो' हो । जसले आज 'म' बनायो । रेडियोप्रतिको प्रेम र लगावले जिन्दगीले नयाँ मोड लियो । धेरै चुनौतीका बाबजुद पनि संघर्ष गर्न, गन्तव्यमा पुग्न भरपुर उर्जा मिलिरह्यो । साच्चै रेडियो सधैं आवाज बिहिनहरुको आवाज हो । शिक्षा,सूचना तथा समाचारको प्रभावकारी माध्यम रेडियो सधैं मेरो साथी हो । यहीँ अवसरमा तपाईं सम्पुर्ण रेडियोकर्मी तथा रेडियोप्रेमि स्रोताहरुमा विश्व रेडियो दिवसको शुभकामना। रेडियोको लोकप्रियता साथै विश्वसनीयता अझै बढेर जाओस्।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *