Breaking news

संक्रमणकालीन न्याय र राजसंस्थाबारे छलफल गर्न शीर्ष नेताहरुको बैठक आज अपराह्न ४ बजे बस्दै

आज (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच महत्वपूर्ण भेटवार्ता हुँदैछ। संक्रमणकालीन न्यायलाई प्राथमिकता दिँदै तीन प्रमुख दलका नेताहरुको बैठक बस्न लागेको हो।

राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादी शक्तिहरू सक्रिय बन्दै गएको सन्दर्भमा गणतन्त्र पक्षधर दलहरूबीच संयुक्त छलफल हुन लागेको पहिलो पटक हो। बैठक अपराह्न ४ बजे बस्ने तय गरिएको छ।

प्रधानमन्त्री ओलीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलका अनुसार बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्तिको विषयमा छलफल हुनेछ। यसअघि गठन गरिएको सर्च कमिटीले सिफारिस नगरी म्याद गुजारेपछि यो प्रक्रिया रोकिएको थियो।

पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिले आवश्यक प्रक्रिया पूरा गरे पनि अन्तिम सिफारिस दिन असफल भएको थियो। यसै कारण, रोकिएको प्रक्रिया पुनः अघि बढाउने विषयमा नेताहरूबीच विस्तृत छलफल हुने बताइएको छ। साथै, राजावादीहरूका गतिविधि र गणतन्त्रवादी दलहरूको भूमिकाबारे पनि बैठकमा विमर्श हुने जनाइएको छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *