Breaking news

हेटौंडामा युवकको शव फेला, ह*त्या भएको आशंका

मकवानपुरको बागमती गाउँपालिका-८ भुवनचुलीमा एक पुरुषको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय फापरवारीका अनुसार मृतक हेटौंडा-१६ चिसापानीका ३८ वर्षीय मिलन दंगाल हुन्। उनको शव बुधबार बिहान हेटौंडा-धरान चतरा सडकखण्डको नालामा भेटिएको हो।

शवको टाउकोमा चोटपटक रहेको कारण हत्या भएको आशंका गरिएको छ। प्रहरीले दंगालसँगै रहेका दुईजनालाई नियन्त्रणमा लिएको छ। स्थानीयले दोषीमाथि कारबाहीको माग गर्दै प्रहरीलाई घटनाको निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेका छन्।

घटनास्थलमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक विश्वम्भर साहको टोली पुगेको छ। शवलाई पोस्टमार्टमका लागि हेटौंडा पठाउने तयारी भइरहेको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *