Breaking news

कारको ठक्करले कपिलवस्तुमा दुई पैदलयात्रीको मृ’त्यु

कपिलवस्तुको पत्थरकोट–गोरुसिङ्गे सडकखण्डमा शुक्रबार बिहानको ‘मर्निङ वाक’ दुःखद अन्त्यमा परिणत भयो। बिहान करिब ६ बजे गोरुसिङ्गेतर्फ गइरहेको बिएबी ९५९९ नम्बरको कारले पैदल हिँडिरहेका ६० वर्षीय शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीलाई ठक्कर दिएको हो।

गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ।

घटनापछि कार चालक ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी रुपन्देहीको सैनामैना नगरपालिका–५ का बासिन्दा हुन्।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। नियमित हिँडडुल गर्ने सडकमा यस्तो दुर्घटना भएपछि स्थानीयवासीमा त्रास फैलिएको छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?