मेनपावरको फुटानी दिदै ठगी गर्दै हिड्ने झापाका प्रदिप राउत प्रहरी थुनामा ।।।

ठुला ठुला कुरा गर्दै गफ दिने पैसा भएको ब्यक्ति लाई साथी बनाइ करोडौको जग्गा हेरिदिनुस मेरो लागि किन्छु भन्दै पैसाको लोभ देखाइ उही ब्यक्ति सङ्ग पैसा सपटी मागी ठगी गर्ने झापा मेचिनगरका प्रदिप राउत लाई प्रहरी बृत महाराजगन्ज प्रहरीले बैन्किङ्ग कसुरमा २०८१ माघ १५ गते पक्राउ गरेको छ ।


१९ लाख ५० हजार र १५ लाख को गरि दुई वटा चेक बोन्स भएको जहेरी दर्ता परेकोमा पक्राउ परेको प्रदिप राउत
काठमाडौ चपल कार्खाना नजिकै रहेको ( बैदेशिक रोजगार बिभाग ताहचलमा लाइसेन्स नम्बर १३२९/०७४/०७५ )को अल शाहिद ओभरसिजका निर्देशक समेत हुन। प्रदिप राउतले पैसा वाला साथी हरुलाइ बोलाउदै अफिसमा चिया खुवाएर आफ्नो गाडी देखाउदै यो अफिस मेरै हो भनी पैसाको कारोबार गरि आफ्नो र अफिसको चेक दिदै हाम्रो धरौटी हुन्छ मैले तिरिन भने धरौटी वाट कट्टा हुन्छ भनी भनी ठगी गर्ने गरेको एक जना राउत वाट पिडितले बताए तर सो अल शाहिद ओभरसिह प्रदिप राउतको नभइ बलराम भट्टराईको नाममा श्रेता दर्ता रहेको कम्पनी रजिस्ट्रार कार्यालयले जानकरी गराएको छ।


एकताका बिर्तामोड झापामा जानकी ओभरसिज को शाखा कार्यालय सन्चालन गरेका बिर्तामोड मै बसोबास गर्ने प्रदिप राउत बिर्तामोडमै आफ्नो व्यबहार बिग्रन थाले पछि झापा छोडी काठमाडौ पसेका थिए ।
काठमाडौ एयरपोर्ट नजिकै सि डि ह्युमेन रिसोर्सेज पा लि नामक मेनपावरमा पाटनरसिप मा केही समय सन्चालन गरेका प्रदिप राउतले सो ठाउमा पनि पैसाकै हिसाब किताब नमिले पछि सो मेनपावर छोडी अल शाहिद ओभरसिज पा लि नामक मेनपावरमा ठगी गर्नकै लागि काम गर्दै आफ्नो मेनपावर हो भनी ठगी गर्न थालेका थिए । बेला बेलामा प्रहरी र नेपाल आर्मीका उच्च अधिकारी हरुको पनि नाम लिदै मेरो पाटनर र साथी भन्दै ठगी गर्दै हिड्ने र अरुको नाममा रहेको मेनपावर लाई आफ्नो बताउने राउतले मलाइ पनि फसाएको छ उसले कार्बाही भोग्नै पर्छ नाम नखोल्ने सर्तमा मेनपावर ब्यबसायीले नै हामी लाई बताएका छन ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *