सहारा सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित ३२ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। लामिछाने र अन्य ३१ जनाविरुद्ध ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरिएको हो।
प्रहरीको अनुसन्धान अनुसार, गोरखा मिडियासहितका विभिन्न कम्पनीहरूमा ४३ करोड १४ लाख ९९ हजार ९२८ रुपैयाँको अपचलन भएको देखिएको छ। गोरखा मिडियामा सहारा बचतबाट १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ अपचलन भएको प्रमाणित भएको छ। यस्तै, जीबी ग्रुप अफ कम्पनीमा ९ करोड ७० लाख र नेचर हब्र्समा ९ करोड ७३ लाख ८१ हजार रुपैयाँ अवैध तरिकाले गएको पाइएको छ।
स्प्रिङ उड र नेचर नेस्ट कम्पनीहरूमा पनि गलत तरिकाले रकमको हेरफेर गरिएको अनुसन्धानले पुष्टि गरेको छ। यो ठगी प्रकरणमा संलग्न सबै व्यक्तिहरूलाई न्यायको दायरामा ल्याउन प्रहरी अनुसन्धान अघि बढाएको छ।