प्रतिनिधि सभाको मंगलबार बस्ने बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा उनले आफ्नो धारणा सार्वजनिक गर्ने संसद् सचिवालयले जनाएको छ। सोमबार सभामुखसहित विभिन्न दलका प्रमुख सचेतकहरूबीच भएको छलफलपछि प्रचण्डको सम्बोधन तय गरिएको हो।

तर, पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सम्बोधन गर्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित रहने भएका छन्। ओली कोशी प्रदेश सभामा सम्बोधन गर्न विराटनगर जाँदै भएकाले संसद् बैठकमा उपस्थित हुन नसक्ने प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी दिए। उनका अनुसार ओलीको विराटनगर जाने कार्यक्रम एक हप्ता अघि नै तय भएको थियो, भने प्रचण्डको सम्बोधन गर्ने निर्णय भने सोमबारमात्र भएको थियो।

यसअघि, माघ २४ गते संसदमा सम्बोधन गर्दा पनि प्रधानमन्त्री ओली अनुपस्थित थिए, जसप्रति प्रचण्डले असन्तुष्टि जनाएका थिए। सामान्यतः प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी नेताले एक-अर्काको सम्बोधन सुन्ने संसदीय परम्परा रहेको भए पनि हालको परिस्थितिमा त्यो सम्भव हुन सकेको छैन।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?