Breaking news

हेटौंडामा खुकुरी काण्ड! देवरको बर्बर आक्रमणमा भाउजूको हत्या, दाइ मृत्युशय्यामा!

हेटौंडा उपमहानगरपालिका-१, चौकी टोलमा घटेको एउटा हृदयविदारक घटनाले सहर स्तब्ध बनेको छ। २२ वर्षीय देवर राहुल दासले आफ्नै ३५ वर्षीया जेठी भाउजू गुडिया दासलाई खुकुरी प्रहार गरी विभत्स हत्या गरेका छन् । हत्या मात्रै होइन, उनले आफ्ना माइलो दाइ रुपेश दासलाई पनि आक्रमण गरेर गम्भीर घाइते बनाएका छन्।

घटना बुधबार दिउँसोको हो । राहुलले किन र के कारणले यस्तो जघन्य अपराध गरे भन्ने अहिलेसम्म खुल्न सकेको छैन। तर, उनका दाइलाई खुकुरी प्रहार गरिसकेपछि उनी भाग्न खोज्दै थिए, त्यही बेला प्रहरीले उनलाई पक्राउ गर्यो ।

सुरुमा जब राहुलले खुकुरी आक्रमण गरेर माइलो दाइ रुपेशलाई गम्भीर घाइते बनाएपछि, उनलाई उपचारका लागि हेटौँडास्थित मकवानपुर सहकारी अस्पताल पुर्‍याइयो । तर, घटनास्थलमा उपस्थित परिवारका सदस्यहरूले जब जेठी बुहारी गुडियालाई देखेनन्, तब खोजी सुरु गरियो।

घरको माथिल्लो तलामा रहेको कोठा जब खोलियो, त्यहाँको दृश्य हेर्दा सबैको होस उड्यो! कोठाभित्र भाउजू गुडिया रक्ताम्य अवस्थामा मृत फेला परिन्।

गुडियाका पति हुन रोशन जो अहिले विदेशमा छन् ,
रोशन दास रोजगारीका लागि कतारमा छन्। अब उनको तीन सन्तान आमाको हत्या र बुबाको विदेश बसाइका कारण टुहुरा बनेका छन् ।

घटनाबारे अनुसन्धान गरिरहेका मकवानपुर प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार, राहुलले पहिलो पटक माइलो दाइ रुपेशलाई आक्रमण गरेको भन्ने खबर पाएर प्रहरी घटनास्थलमा पुगेको थियो। तर, पछि खोजतलास गर्दा कोठाभित्र मृतक भाउजू भेटिएको थियो ।

यो विभत्स हत्याको कारण अझै रहस्यमय छ। राहुलले पुरानो रिसइबी थियो कि मानसिक अवस्था असामान्य थियो भन्ने खुलेको छैन। यद्यपि, प्रहरी अनुसन्धानले केही दिनमै घटनाको वास्तविकता बाहिर ल्याउने अपेक्षा गरिएको छ।

राहुललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *