भारत–पाकिस्तानबीचको चर्किदो तनावले भारतीय क्रिकेटमा ठुलो असर पारेको छ। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आईपीएल २०२५ को जारी सिजन अनिश्चितकालका लागि स्थगित गरेको घोषणा गरेको छ। ८ मेसम्म ५८ खेल सम्पन्न भइसकेका थिए भने १६ खेल बाँकी थिए, जसमा १२ समूह चरणका र ४ प्लेअफका खेल थिए।
बिहीबार धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेलका बीच पाकिस्तानले भारतमा आक्रमण गरेपछि तत्काल खेल रद्द गरिएको थियो। यही घटनाक्रमले बीसीसीआईलाई आपतकालीन बैठक बोलाएर प्रतियोगिता स्थगनको निर्णय गर्न बाध्य बनाएको हो।
अब विदेशी खेलाडीलाई सुरक्षित रूपमा घर फर्काउने तयारी भइरहेको छ। प्रतियोगिताको नयाँ मिति चाँडै तय गरिने बीसीसीआईले जनाएको छ।
यता पाकिस्तानमा भइरहेको पाकिस्तान सुपर लिग (पीएसएल) पनि अब दुबईमा सर्ने भएको छ।
तनावले दुई देशका क्रिकेट प्रतियोगितामै असर पुर्याएको छ।