हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६मा रहेको गैरीगाउँमा सडकमा रोकि रहेको गाडी जमिन भासिएर बेपत्ता भएको लगभग १३/१४ दिन हुदा सम्म माथीलो निकायले चासो नदेखाएको भन्दै हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडाका वडा अध्यक्ष रामकृष्ण कोइरालाले दुखेसो बेक्त गर्नु भएको छ।
हेटौंडा उपमहानगरपालिका १६ का अध्यक्ष कोइरालाले गाडी खोज्नको लागि धेरै प्रयास गर्नु भएको र माथी निकायले पीडितलाई अजै पीडा दिने गरेको उनको दाबी छ । उनले भने पछिलो समय एक्स्काइभेटर लेराएर खोज्नी प्रयस गर्दा भुगर्भबिदले यो ठाउमा जानै हुदैन अजै खत्रा र जोखिमपूर्ण भएको भनेर कुनै पनि एस्काइभेटर धनीहरुले आउन नमानेको दाबी गर्नु भयो । उनले भने जिल्ला प्रहरी कार्यालय मकवानपुरले उल्टै पिडितलाई थर्काएर तेरो गाडी भेटिएन भने कार्बाही गर्छै भन्दै धम्की दिएको उनले बताए । उहाँ आज आफै त्यो ठाउमा निरीक्षण गर्न भुगर्भशास्त्र केन्द्रिय बिभाग प्रोफेसर प्राध्यापक डा• राम बाहादुर साहा , भुगर्भबिद रोजिना चिमोरीया भुमिगत जलस्रोत तथा सिंचाइ डिभिजन पर्साका प्रमुख केशब जैसी , भुमिगत जलस्रोत तथा सिंचाइ डिभिजन पर्साका सिभिल इन्जिनियर मीन बाहादुर थापा र चेतनशिल दुध उत्पादक सहकारी हेटौंडा १७का अध्यक्ष महेश ढकाल लागएत लगेर निरीक्षण गर्नु भएको जानकारी दिनुभयो ।
उनेले भने पानी सुकाएर एक्सकाइभेटर लगेर भए पनि गाडी खोज्न प्रयास गर्नी र पीडित लाई सकेको सहयोग गर्ने उनको भनाइ छ ।