प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको नेतृत्व अब युवाहरूको हातमा जानुपर्ने धारणा राखेका छन् ।
उनले युवालाई नेतृत्वका लागि सक्षम बनाउन निरन्तर प्रोत्साहित गरिरहेको उल्लेख गर्दै भने, “यो युवाहरूको समय हो। युवाहरू अगाडि बढ्नुपर्छ। युवाहरूले गर्नसक्नुपर्छ।”
ओलीले युवाप्रतिको विश्वास व्यक्त गर्दै कतिपयले आफूलाई पद नछोडेको आरोप लगाउने गरेको पनि प्रष्ट पारे । उनले स्पष्ट शब्दमा भने, “म त छोड्न तयार नै छु नि। तर युवाहरू तयार हुनुपर्यो।” उनका अनुसार, आफ्नो प्राथमिकता युवालाई अगाडि ल्याउने र उनीहरूलाई नेतृत्व ग्रहण गर्न सक्षम बनाउने हो । ओलीको यस्तो भनाइले एकातिर युवाप्रतिको समर्थन देखाए पनि अर्कोतर्फ पार्टीभित्रै नेतृत्व हस्तान्तरणबारे नयाँ बहस सुरु हुने संकेत गरेको छ ।