Breaking news

सरकार परिवर्तनको हल्ला केवल मनोरञ्जनका लागि : परराष्ट्रमन्त्री आरजु राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हाल भइरहेको सरकार परिवर्तन सम्बन्धी चर्चा केवल हल्ला र मनोरञ्जनका लागि गरिएको बताएकी छन्। शुक्रबार थाइल्यान्डबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्ता चर्चा नक्कली रहेको स्पष्ट पारिन्।

उनले भनिन्, "मैले पनि समाचारहरू पढेँ, छक्क परेँ। प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवाबीच त्यस्तो कुनै गम्भीर वार्ता भएको छैन।"

विदेशमा बसेर सरकार परिवर्तन नहुने उल्लेख गर्दै उनले सरकार परिवर्तनको कुरा नेपालमै बसेर गर्नुपर्ने धारणा राखिन्।

थाइल्यान्ड भ्रमणबारे जानकारी दिँदै उनले कुनै पनि दुई पक्षीय भेटघाट नभएको र सभापति देउवा उपचार तथा निजी भ्रमणका लागि गएका हुन् भने आफू कार्यक्रमका लागि गएको स्पष्ट पारिन्।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *