Breaking news

धुलिखेलमा कामकै क्रममा करेन्ट लागेर मजदुरको मृत्यु, विद्युत प्राधिकरणको लापरबाही भन्दै स्थानीय आक्रोश

काभ्रेको धुलिखेल नगरपालिका–७ स्थित सञ्जीवनी चोकमा शनिबार साढे ११ बजे ११ हजार भोल्टको हाइटेन्सन लाइनको पोलमा काम गरिरहेका मजदुर उपेस परियारको करेन्ट लागेर मृत्यु भएको छ।

सर्लाही ईश्वरपुर–१२ घर भएका २८ वर्षीय परियार नयाँ विद्युत् लाइनमा तार जडान गर्ने कार्यमा संलग्न थिए। काम नसकिँदै काभ्रे वितरण केन्द्रले लाइन चार्ज गर्दा उनी पोलमै करेन्ट लागेर झुण्डिएका थिए।

स्थानीयवासीहरूले विद्युत प्राधिकरणको गम्भीर लापरबाहीकै कारण परियारको ज्यान गएको आरोप लगाएका छन्। काम सकिनुअघि नै लाइनमा करेन्ट प्रवाह गर्नु नियमविपरीत रहेको उनीहरूको भनाइ छ।

घटनापछि परियारको शवलाई प्रहरीले उद्धार गरी पोष्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको थियो । घटनाको थप अनुसन्धान जारी रहेको जनाइएको छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *