Breaking news

जबर्जस्ति पार्टी कार्यलय छिरिन बिद्यादेवि , एमाले भित्र तनाबै तनाब

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले राजनीतिमा फर्किएको घोषणा गरेसँगै मोरङमा उनलाई भेट्ने नेताकार्यकर्ताको लर्को लागेको छ ।
यो सङ्गै उनी जबर्जस्ति पार्टी कार्यलय प्रवेश गरेकी छन् ।
मंगलबार मोरङस्थित एमाले पार्टी कार्यालय पुगेकी भण्डारीलाई भेट्न एमाले मात्र होइन, अन्य दलका नेता कार्यकर्तासमेत लाइन लागेर भेटघाटमा सहभागी देखिए । यद्यपि, एमाले केन्द्रीय नेतृत्वले उनलाई पार्टी राजनीतिमा प्रत्यक्ष सक्रिय हुन रोक लगाइसकेको छ । तर भण्डारी भने त्यसलाई बेवास्ता गर्दै जिल्लास्तरका पार्टी कार्यालयहरूको दौडमा व्यस्त देखिएकी छिन् ।
स्थानीय नेताकार्यकर्ताको उत्साहपूर्ण सहभागिताले उनको राजनीतिक पुनरागमनलाई ‘प्रभावशाली’ बनाइदिएको छ । भण्डारीलाई भेट्न पुगेका कतिपय नेताहरूले उनलाई पार्टीको ‘नयाँ प्रेरणा’का रूपमा लिएको बताएका छन् । यस घटनाले एमाले नेतृत्वभित्रै थप तनाब चुलिने संकेत गरेको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *