Breaking news

अमेरिकाबाट फेरि ७ हजार नेपाली लखेटिदै , ट्रम्प नेपालप्रती क्रूर बन्दै

अमेरिकाबाट फेरि करिब ७ हजार नेपालीलाई देशनिकाला गर्ने बाटो खुलेको छ। अमेरिकाको संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको पक्षमा फैसला गर्दै नेपालीहरूलाई दिइँदै आएको अस्थायी संरक्षित दर्जा (TPS) तत्काल अन्त्य गर्ने आदेश दिएको हो।

यसअघि नै ट्रम्प प्रशासनले २०७२ सालको विनाशकारी भूकम्पपछि प्रदान गरिएको TPS सुविधा यही अगस्ट ५ पछि समाप्त हुने घोषणा गरेको थियो। तर अब अदालतको आदेशसँगै सो निर्णयलाई कानुनी मान्यता प्राप्त भएको छ।

TPS अन्त्य भएपछि अमेरिका बसेका हजारौं नेपाली कानुनी संकटमा पर्न सक्ने र देशनिकालाको खतरा बढ्ने चिन्ता समुदायमा देखिएको छ। नेपाली समुदायका संघ–संस्थाहरूले यसबारे वैकल्पिक समाधान खोज्न अमेरिकी सरकारसँग आग्रह गरिरहेका छन्। यो घटनाले अमेरिका बस्दै आएका नेपालीहरूलाई फेरि देशनिकालाको खतरा बढेको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *