सभापति कप फुटबलको उपाधि संकटालाई

काठमाडौँ- संकटा एफसीले नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशलाई हराउँदै सभापति कप फुटबलको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा संकटा एफसीले आयोजक टिमलाई सडन डेथमा ४-३ ले पराजित गर्यो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

संकटा एफसीका गोलकिपर दीप कार्कीले पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाए। उनले बागमतीका कुलदिप कार्की र गौरव श्रेष्ठको पेनाल्टी बचाए। संकटा एफसीका लक्षु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले गोल गरे।

आयोजक टिमका गोलकिपर विशेकले सुरुमा राम्रो प्रदर्शन गरे पनि संकटाले नतिजा आफ्नो पक्षमा पार्यो। प्रतियोगितामा विजेताले २६ लाख रुपैयाँ र उपविजेताले १३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *