Breaking news

सञ्चार प्रविधिको विस्तारका लागि ७ अर्ब ७२ करोड बजेट विनियोजन

सरकारले सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र पहुँच अभिवृद्धिका लागि आगामी आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ७२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै डिजिटल पूर्वाधार निर्माण, सेवा प्रवाहको आधुनिकीकरण तथा सूचना सुरक्षामा जोड दिइने जानकारी दिए। उनले ग्रामीण तथा दुर्गम क्षेत्रसम्म इन्टरनेट र सञ्चार सेवाको पहुँच पुर्‍याउन आवश्यक नीति तथा कार्यक्रम ल्याइने बताए। डिजिटल नेपाल फ्रेमवर्कलाई कार्यान्वयनमा ल्याउँदै जनताको सूचना पहुँच सुनिश्चित गर्ने सरकारको लक्ष्य रहेको छ। बजेटले प्रविधिमैत्री वातावरण सिर्जना गर्ने विश्वास लिइएको छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?