मानवसेवा आश्रमको सहकार्यमा मङ्गलबार तिलोत्तमा नगरपालिकालाई ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ अर्थात माग्नेमुक्त घोषणा गरिएको छ। आश्रमको मिसन २०८२ अभियानअन्तर्गत यो पहिलो ऐतिहासिक उपलब्धि भएको बताइएको छ।
प्रदेश सरकारका मन्त्री, नगरप्रमुख रामकृष्ण खाँण, जनप्रतिनिधि, विभिन्न राजनीतिक दल र सरकारी निकायको उपस्थितिमा घोषणा गरिएको हो। प्रमुख खाँणले घोषणापत्र पढेर सुनाएपछि मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरेका थिए।
अध्यक्ष अधिकारीले यस वर्षभित्र मुलुकभरि नै यस्तो घोषणा गर्ने तयारी रहेको जानकारी दिए। विगत १३ वर्षदेखि मानवसेवा आश्रमले सडकआश्रित माग्नेहरूको उद्धार, उपचार, खाना, नाना, छाना र शिक्षाको व्यवस्था गर्दै आइरहेको छ। घोषणापछि अब तिलोत्तमामा कोही पनि बेसहारा सडकमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ