Breaking news

प्रतिनिधिसभा गतिरोध अन्त्य गर्न सभामुख घिमिरेद्वारा प्रमुख सचेतकसँग छलफल

प्रतिनिधिसभामा जारी गतिरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। संसद् भवन नयाँ बानेश्वरमा जारी छलफलबारे सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिएका छन्।

विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा स्पष्ट जवाफ दिनुपर्ने माग गर्दै बुधबारदेखि संसद अवरुद्ध गर्दै आएका छन्।

बुधबार र बिहीबार सदनमा जवाफ नदिने बताएका प्रधानमन्त्री ओलीले शुक्रबार भने सोमबार संसदमा जवाफ दिने बताएका छन्। प्रतिनिधिसभा गतिरोध हटाउन सभामुखको पहल जारी छ, तर विपक्षी दलहरू आफ्ना माग पूरा नभएसम्म अवरोध कायमै रहने अडानमा छन्।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?