नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सबैभन्दा बढी माया गर्ने मान्छेमध्ये आफू एक रहेको बताएका छन्। उनले यी तीन शीर्ष नेताहरूको स्वास्थ्य र हितका लागि उनीहरूले विश्राम लिनु राम्रो हुने धारणा राखे। ‘नागरिक फ्रन्टलाइन’ को एक शृङ्खलामा कुरा गर्दै थापाले भने, “उहाँहरूले विश्राम लिएमा त्यो उहाँहरूको पनि हितमा छ र उहाँहरूको स्वास्थ्य पनि राम्रो हुन्छ।” उनले यी नेताहरूका कारण २००७ साल र २०४७ सालका आन्दोलनसमेत बदनाम हुने अवस्था आएको बताए। थापाले २५÷३० वर्षदेखि दुई जना व्यक्ति आलोपालो प्रधानमन्त्री हुने अवस्थालाई देशको दुर्भाग्य भन्दै ठूलो संख्याका नागरिक कांग्रेस, एमाले र माओवादीसँग रिसाएको उल्लेख गरे। “पुराना सबै खराब, सबै खत्तम, यिनले केही गरेनन् भन्ने नागरिक यी तीन नेताबाट वाक्क दिक्क भएका छन्,”