काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनमा आइतबार झडप भएको छ। यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो।
शिक्षकहरूले निषेधित क्षेत्र पार गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो। बल प्रयोग भएपछि आक्रोशित शिक्षकहरूले ढुंगामुढा समेत गरेका थिए। अवस्था नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा प्रयोग गरेको छ।
देशभरबाट आएका सरकारी शिक्षकहरूले आफ्ना विभिन्न माग राख्दै काठमाडौंमा आन्दोलन गरिरहेका छन्। शनिबारसम्म शान्तिपूर्णरूपमा आन्दोलन गर्दै आएका शिक्षकहरू आइतबार निषेधित क्षेत्र अतिक्रमण प्रयास गर्दा स्थिति तनावपूर्ण बनेको हो।
सरकारी नीति तथा व्यवस्था विरुद्ध विरोध जनाउँदै आएका शिक्षकहरूले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।