मकवानपुरका चार क्याम्पसमा स्ववियु निर्वाचन जारी, पालुङमा अनिश्चित
मकवानपुर जिल्लाका सात क्याम्पसमध्ये चार क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन जारी छ। मनहरी क्याम्पस र बशगोपाल बहुमुखी क्याम्पसमा निर्विरोध नेतृत्व चयन भइसकेको छ भने पालुङ बहुमुखी क्याम्पसमा विवाद उत्पन्न भएकाले मतदान अनिश्चित बनेको छ। बाँकी चार क्याम्पसमा बिहान ८ बजेबाट सुरु भएको मतदान दिउँसो ४ बजेसम्म चल्नेछ।
सभापतिका लागि दुई उम्मेदवार प्रतिस्पर्धामा छन्।
नेविसंघका युवराज विकले उम्मेदवारी फिर्ता लिएपछि मुख्य प्रतिस्पर्धा दुई उम्मेदवारबीच छ।
निर्वाचन शान्तिपूर्ण रूपमा भए पनि चर्को प्रतिस्पर्धा देखिएको छ। मत परिणाम साँझसम्म आउने अपेक्षा गरिएको छ।