तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज बुटवल लुम्बिनी एफसी र झापा एफसी आमनेसामने हुँदैछन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ।
झापाले प्रतियोगिताको दोस्रो तथा बुटवल लुम्बिनी एफसीले तेस्रो खेल खेल्न लागेका हुन्। यस संस्करणमा सात टोली— ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी, र चितवन एफसी— सहभागी छन्।
प्रतियोगिता हिजो सुरु भएसँगै साविक विजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सले २–२ गोलको बराबरी खेलेका थिए। पहिलो संस्करणमा काठमाडौं रेजर्सले उपाधि जितेको थियो भने दोस्रो संस्करणमा ललितपुर सिटी एफसी च्याम्पियन बनेको थियो।