Breaking news

अँध्यारो कोठा भित्र राखेका कारणले रवि लामिछानेलाई भिटामिन डी कमी

रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्यबारे पछिल्लो रिपोर्टले चिन्ता बढाएको छ। रास्वपा प्रवक्ता मनिष झाका अनुसार, लामिछानेको शरीरमा भिटामिन डी को कमी रहेको प्रष्ट देखिएको छ। केही समययता कारागारमै थुनिएका कारण पर्याप्त घाम नपाएका तथा शारीरिक गतिविधि सीमित भएकै कारण यो समस्या देखा परेको अनुमान चिकित्सकहरूले गरेका छन्।

भिटामिन डी को कमीले अस्थिर स्वास्थ्यदेखि प्रतिरोधात्मक क्षमतासम्म असर गर्ने भएकाले लामिछानेको स्वास्थ्य स्थितिप्रति पार्टीभित्रै मात्र नभई आमसमर्थकमा समेत चिन्ता बढेको छ। पार्टी प्रवक्ताले आवश्यक उपचार प्रक्रिया सुरु गर्न चिकित्सकहरूसँग परामर्श भइरहेको जानकारी दिएका छन्।

यसअघि पनि लामिछानेलाई कारागारको कोठा स्वास्थ्य दृष्टिले उपयुक्त नभएको भन्दै विभिन्न निकायहरूले सरकारलाई ध्यानाकर्षण गराइसकेका थिए। अहिले आएको भिटामिन डी कमीको रिपोर्टले उनको स्वास्थ्य सुरक्षित बनाउन तत्काल कदम चाल्नुपर्ने दबाब बढाएको देखिन्छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?