प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सत्तारुढ कांग्रेस–एमाले गठबन्धनमाथि कडा कटाक्ष गरेका छन । गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति व्यङ्ग्य गर्दै उनले भनेका छन् , "दुई वटा गभर्नर बनाउनुहोस्—एउटा बिचौलिया ह्यान्डल गर्ने, अर्को नोटमा सिग्नेचर गर्ने!"
ढकालले गठबन्धन सरकारलाई ३१ महिनाभित्र जे गर्नुछ, गरिसक्न सुझाव दिएका छन । "यो गठबन्धनको प्राथमिकता राष्ट्र होइन, पदको बाँडफाँड देखिन्छ," उनले भने। अझै अगाडि बढ्दै उनले नोटमै आफ्नो चुनाव चिन्ह राख्न पनि सुझाए।
उनले देशमा दलीयकरणको चर्को प्रभाव रहेको बताए। "तर अब जनता सचेत भइसकेका छन्। ३१ महिनापछि दलीय दुरुपयोग सहँदैनन्, छुट दिइनेछैन," भन्दै उनले सत्ताधारी दलहरूलाई चेतावनी समेत दिएका छन् ।