Breaking news

काठमाडौँको स्वरुप फेरिदै, कोटेश्वरमा बन्दै छ एउटा नयाँ संरचना

काठमाडौं उपत्यकाको भीडभाड न्यूनीकरण गर्न सरकारको बहुप्रतिक्षित कोटेश्वर अन्डरपास आयोजना वि.सं. २०९० भदौ १५ गतेसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । झन्डै ३० अर्ब रुपैयाँ बराबरको जापानी ऋण सहयोगमा निर्माण हुन लागेको यो आयोजनाले उपत्यकाको पूर्वी क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । आगामी सेप्टेम्बरमा जापान सरकारसँग ऋण सम्झौता हुने तयारी छ । त्यसपछिको कार्यतालिका अनुसार, २०८२ चैतभित्र परामर्शदाता कम्पनीसँग डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तथा ईआईए (पर्यावरणीय प्रभाव मूल्यांकन) का लागि सम्झौता हुनेछ । एक वर्षभित्र यी प्रक्रिया पूरा गरेर २०२८ अप्रिलमा निर्माण ठेक्का सम्झौता गर्ने योजना छ । नयाँ संरचनामा तीन मुख्य खण्ड समावेश हुनेछन् । तीनकुनेदेखि त्रिभुवन विमानस्थलसम्म ६६४ मिटरको फ्लाइओभर, विमानस्थलभित्र ७०० मिटर लामो सुरुङ मार्ग, र त्रिभुवन विमानस्थलदेखि जडिबुटी हुँदै मनोहरासम्म २३८ मिटरको अर्को फ्लाइओभर । यो परियोजनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपरको ट्राफिक सहज बनाउन, कोटेश्वर क्षेत्रको सवारी चाप घटाउन र उपत्यकाको पूर्वी कोरिडोरलाई आधुनिक प्रविधिमार्फत व्यवस्थित गर्न महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ । हाल जापानी सहयोग नियोगले प्रारम्भिक सर्वेक्षण पूरा गरिसकेको र प्रारम्भिक प्रतिवेदन तयार भएको सडक विभागले जनाएको छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *