काठमाडौँ। जारी महिला त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नेपाल र थाइल्याण्डबीच खेल हुनेछ। टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यस खेलमा थाइल्याण्डले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ, र नेपालले पहिला बलिङ गर्ने छ।
नेपालले लगातार तेस्रो हार बेहोरेर दबाबमा रहेको छ। नेपालले यस अघि नेदरल्याण्ड्ससँग २ पटक र थाइल्याण्डसँग एक खेलमा हार बेहोरेको छ, जबकि थाइल्याण्डले लगातार तेस्रो जित हासिल गर्दै सिरिजमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। आजको खेल नेपालका लागि जित्नैपर्ने अवस्था बनिसकेको छ।
यस सिरिजमा ३-३ खेलको राउण्ड रोबिन आधारमा नेपाल र थाइल्याण्डबीच ७ फेब्रुअरीमा अन्तिम खेल हुनेछ।
नेपालको १५ सदस्यीय टिमको कप्तान इन्दु बर्मा छन्, र टीममा रुबिना क्षेत्री, सित राना मगर, पुजा महतो, बिन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, अलिशा के यादव, रोमा थापा, मनिष उपाध्याय र इश्वरी विष्ट समावेश छन्।