नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि विरोधमा उत्रिएको छ। नागरिक समाजको आह्वानमा भएको आन्दोलनमा रास्वपाका सांसदहरू समेत सहभागी भएका छन्।
नयाँ बानेश्वरमा भएको प्रदर्शनमा रास्वपा सांसद सुमना श्रेष्ठ सहभागी भइसकेकी छन्। उनले नागरिक समाजको आन्दोलनमा समर्थन जनाएकी हुन्। यस्तै, सांसद गणेश पराजुलीले पनि आन्दोलनमा समर्थन जनाउन आफूहरू जाँदै गरेको बताएका छन्।
‘हामी नागरिक समाजको आन्दोलनमा ऐक्यबद्धता जनाउन जाँदै छौँ,’ पराजुलीले भने।
सरकारले सोमबार घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो। यसको विरोधमा विभिन्न दलका भातृ संगठनहरू पनि सडकमा उत्रिएका छन्।