भ्रष्टाचार नियन्त्रणमा कुनै कसर बाँकी नराख्न राष्ट्रपतिको निर्देशन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भ्रष्टाचार नियन्त्रणमा कुनै कसर बाँकी नराखी दृढताका साथ काम गर्न निर्देशन दिनु भएको छ।

अख्तियारको ३४औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले भ्रष्टाचार निवारणका लागि आयोगलाई प्रभावकारी कदम चाल्न आग्रह गर्नुभयो। उहाँले सार्वजनिक निकायका पदाधिकारीलाई भ्रष्टाचारका सम्भावित जोखिमबारे सचेत गराउने तथा भ्रष्टाचार रोकथाममा दृढ संकल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

राष्ट्रपति पौडेलले भ्रष्टाचार सम्बन्धी विधेयकहरू संसदमा अलमलिएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नेपाल अन्तर्राष्ट्रिय सन्धीको पक्ष राष्ट्र भएकाले पारदर्शिता र सुशासन कायम गर्न आवश्यक रहेको बताउनुभयो।

उहाँले अख्तियारलाई कुनै राजनीतिक वा व्यक्तिगत दबाबमा नपरी स्वतन्त्र, निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न आग्रह गर्नुभयो। भ्रष्टाचारविरुद्धको लडाइँमा राज्यका सबै निकायहरू जिम्मेवार भई काम गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले कानुनी शासन र सुशासन स्थापित गर्न आयोगले निर्णायक भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *