संघीय निजामती सेवा विधेयकमा अवकाश उमेरसम्बन्धी विवाद समाधान भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने प्रतिनिधि सभाले पारित गरेको ५८, ५९ र ६० वर्षे उमेर अनुसारको अवकाश व्यवस्था स्वीकार गर्न तयार भएपछि विधेयकमा परेको गाँठो खुलेको हो। यसअघि उनले ५९ वर्षबाट सुरु गर्ने प्रस्ताव राखेकी थिइन्, तर विपक्षी सांसदहरूको असहमति पछि मंगलबारको बैठकमा उनले प्रतिनिधि सभाको निर्णय अनुसार अगाडि बढ्न सहमति जनाएकी हुन्। अब विधेयक पारित भएपछि सोही आधारमा अनिवार्य अवकाश लागू हुनेछ।