काठमाडौं महानगरपालिका–३२ लगायत विभिन्न स्थानमा गरिएको फोहोर व्यवस्थापनमा लापरबाही, सार्वजनिक सम्पत्तिको तोडफोड तथा अन्य नियम उल्लङ्घनका कारण ७ लाख ९३ हजार रुपैयाँ बराबरको ८ वटा जरिवाना पत्र जारी गरिएको छ।
महानगर प्रहरी बलका कर्मचारीहरू ती जरिवाना पत्र लिएर पूर्वराजा ज्ञानेन्द्र शाहको निजी निवास, निर्मल निवास पुगेका छन्। तर, प्रमुख राजु पाण्डेका अनुसार, निर्मल निवासले जरिवाना पत्र बुझ्न अस्वीकार गरेको छ।
महानगर प्रहरी बलले पत्र बुझाएरै फर्किने तयारी गरेको जनाइएको छ। शनिबार काठमाडौं महानगरपालिकाले यी जरिवाना पत्र जारी गरेको थियो। जरिवाना असुली अभियानअन्तर्गत महानगरपालिकाले नियम उल्लङ्घन गर्ने जोसुकैलाई कारबाही गर्ने बताएको छ।