Breaking news

काठमाडौँको मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो, आमा सम्झनामा स्नान र पूजा, विदेशी भक्त रेनाता समेत सहभागी

काठमाडौँको चन्द्रागिरि नगरपालिका मातातीर्थ कुण्डमा मातातीर्थ औँसीको अवसरमा स्नान र दर्शन गर्न भक्तजनको घुइँचो, जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मान प्रकट गर्दै नेपालीहरुले मनाउँदै ‘आमाको मुख हेर्ने दिन’, आमाको सम्झनामा मातातीर्थ पुग्नेहरुको भीड, अमेरिकी नागरिक रेनाता (राधा दासी) पनि आमा क्लाराको तस्वीर बोकेर मातातीर्थमा स्नान र पूजा गर्दै आशीर्वादको कामना, दिवंगत आमाको आत्मालाई चिरशान्ति र सन्तानलाई आशिष मिलोस् भन्ने विश्वास, वैशाख कृष्ण औँसीमा विशेष रुपमा आमाप्रति श्रद्धाभाव प्रकट गर्ने परम्परा, आमा भएकाहरुले उपहार तथा आशिर्वाद लिने चलन, आमा नभएकाहरुले स्नान र पूजाआजा गर्दै सम्झना गर्ने प्रचलन, मातातीर्थमा हरिहरको पूजा र श्राद्ध गर्नेहरुको बिहानैदेखि भीड, दीप प्रज्वलन गरी जाग्राम बसेर मातृऋणबाट मुक्त हुने जनविश्वास, संस्कृतिमा आमा र जन्मभूमिलाई स्वर्गभन्दा ठूलो मान्ने परम्परा, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका डा. वासुदेव कृष्ण शास्त्रीद्वारा पर्वको महत्व पुष्टि, घर टाढा रहेकाले टेलिफोन र सामाजिक सञ्जालमार्फत आमाप्रति सम्मान प्रकट गर्ने बढ्दो चलन, मातातीर्थ औँसी नेपाली संस्कृतिको गहिरो भावना बोकेको विशेष दिन।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?