Breaking news

इन्टर मिलानले स्पेनी क्लब बार्सिलोनालाई हराउँदै फाइनलको यात्रामा

च्याम्पियन्स लिग फुटबलको सेमीफाइनलमा इटालीको इन्टर मिलानले स्पेनी क्लब बार्सिलोनालाई हराउँदै फाइनल यात्रा तय गरेको छ। सान सिरोमा भएको दोस्रो लेगको रोमाञ्चक खेलमा इन्टरले बार्सिलोनालाई ४–३ ले पराजित गर्दै समग्रमा ७–६ को नतिजा निकाल्यो। इन्टरका लुटारो मार्टिनेज, हका चलहानोग्लू, फ्रान्सेस्को एसरबी र डेभिड फ्रेटेसीले गोल गरे भने बार्सिलोनाका एरिक गार्सिया, दानी ओल्मो र राफिन्हाले गोल फर्काए। यो नतिजासँगै इन्टरले सेमीफाइनलको आफ्नै कीर्तिमान बराबरी गर्न सफल भएको छ। अब इन्टर मिलानले फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इंग्लिस क्लब आर्सनलबीचको विजेतासँग म्युनिखमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। यी दुई टोलीबीचको खेल बुधबार हुनेछ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?