Breaking news

तीनकुने चोकमा सवारी दुर्घटना: एक महिलाको मृत्यु, तीन घाइते

काठमाडौंको कोटेश्वर तीनकुने चोकमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। बिहान ६:३५ बजे कोटेश्वरबाट बानेश्वरतर्फ जाँदै गरेको बा ३ ख ७०६२ नम्बरको बसले बा प्र ०१–०२६ च २९२७ नम्बरको ईभी भ्यानलाई ठक्कर दिएको थियो। त्यसपछि भ्यानले बा प्र ०२–०५३ प ३८४७ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दियो।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ललितपुर धोबीघाटकी २३ वर्षीया नगिना तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए। मोटरसाइकल चालक पदम थापा मगर, भ्यान चालक रत्नबहादुर सार्की, र बस यात्रु मेनुका बुढाथोकी घाइते भएका छन्। उनीहरूको उपचार ट्रमा सेन्टरमा भइरहेको छ। दुर्घटनामा संलग्न सबै सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?