Breaking news

रवि लामिछानेलाई रिहा गर्न सर्वोच्चको अस्वीकार

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न अस्वीकार गरेको छ। न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले रविलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गर्दै जिल्ला अदालत रुपन्देहीमा विचाराधीन सुप्रिम सहकारी ठगी मुद्दा टुंगिन नपुन्जेल थुनामै राख्न आदेश दिएको छ। यसअघि उच्च अदालत बुटवलले जिल्ला अदालतको आदेश उल्ट्याउँदै लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो। रविले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए। सर्वोच्चले उक्त निवेदन खारेज गरेसँगै अब जिल्ला अदालतबाट सफाइ नपाएसम्म उनी रिहा हुने छैनन्

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?