रोनाल्डो बने ७०० क्लब फुटबल जित्ने पहिलो फुटबलर

साउदी प्रो लिगको अल नासार स्टार क्रिष्टियानो रोनान्डोले क्लब फुटबलमा अर्को रेकर्ड बनाएका छन् ।आफ्नो क्लब फुटबल करिअरमा यी पोर्चुगिज स्टारले ७०० जितको कीर्तिमान बनाउन सफल बनेका हुन् । गए राति भएको खेलमा अल–राइडलाई २–१ ले पराजित गरेपछि क्लब फुटबलमा रोनाल्डो ७०० खेल जित्ने पहिलो खेलाडी बने ।

३९ वर्षीय रोनान्डोले उक्त कीर्तिमान बनाउने क्रममा एक गोलको योगदान समेत दिएका थिए । उक्त उपाधि बनाउन उनले स्पोर्टिङबाट ३३ खेल, रियल म्याड्रीडबाट ३१६, म्यान्चेस्टर युनाइटेडबाट २१४ खेल, युभेन्टसबाट ९१ खेल र अल–नासारबाट ६६ खेलमा जित निकाले ।

 

आफ्नो फुटबल करिअरमा ९०० गोल गर्ने पनि उनी पहिलो खेलाडी बनेका थिए । अन्तर्राष्ट्रिय खेल पत्रिका मार्काको अनुसार रोनाल्डोको यो अविश्वसनीय यात्रा अझै जारी छ र यस्ता रेकर्ड थप बन्न सक्नेछ । रोनाल्डोले साउदी टोलीका लागि ९४ खेलमा ८५ गोल गरेका छन् ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?