रविले निलम्बन फुकुवा गर्न सभामुख घिमिरेलाई बुझाए निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू धरौटी बुझाएर थुनामुक्त भएको भन्दै आफ्नो प्रतिनिधि सभा सदस्य पदको निलम्बन फुकुवा गर्न सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन्। उनले शुक्रबार प्रतिनिधि सभा बैठक सुरु हुनु भन्दा अगाडि सिंहदरबारस्थित संघीय संसद सचिवालय पुगेर सभामुखलाई भेट्दै यस सम्बन्धी लिखित निवेदन बुझाएका हुन्।

तस्बिर: रास्वपा

लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका आरोप छन्। कास्की जिल्ला अदालतले उनलाई ६५ लाख रुपैयाँ धरौटीमा, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी मुद्दामा ६० लाख रुपैयाँ र रूपन्देहीको सुप्रिम सहकारी मुद्दामा १ करोड रुपैयाँ धरौटीमा थुनामुक्त हुने आदेश दिएको थियो।

पुस ८ गते संघीय संसद सचिवालयले लामिछानेको सांसद पद निलम्बन गर्ने सूचना जारी गरेको थियो। लामिछानेले आफू थुनामुक्त भएपछि आफ्नो निलम्बन फुकुवा गर्न माग गरेका छन्। उनले कानूनी प्रक्रिया पूरा गरेको भन्दै संसदमा पुनः सक्रिय हुने इच्छा व्यक्त गरेका छन्। उनका अनुसार, अदालतले धरौटीमा छुटाएको र कुनै अपराध प्रमाणित नगरेको हुनाले सांसद पदको निलम्बन फुकुवा गर्नुपर्छ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?